२०८३ जेठ ५ , मंगलबार

एक्साइड ब्याट्रीका डिलरहरुकोे जापान भ्रमण सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. द्वारा हालसालै आफ्ना च्यानल पार्टनर हरुलाई सात दिने जापान भ्रमण गराइएको छ । उक्त भ्रमणमा तिरुपति बालाजी टायर वल्र्ड, भट्टराई एण्ड ब्रदर्स सप्लायर्स, आरबी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स, शिव शक्ति सप्लायर्स, चण्डेश्वरी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स सप्लायर्स र आँचल इलोक्ट्रोनिक्स ट्रेडका प्रतिनिधिहरु सहभागीता रहेको थियो ।

एक्साइड ब्याट्रीका बरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले नेतृत्व गर्नुभएको यस जापान भ्रमणको क्रममा वँहाद्वारा च्यानल पार्टनर हरुलाई माँयाको चिनो पनि प्रदान गरेका थिए ।भ्रमणका क्रममा प्रतिनिधिहरुले जापानको प्रमुख सहर टोकियो, ओसाका र नारितामा अवस्थित विभिन्न पर्यटकीय आकर्षणहरुको अवलोकन गरेका थिए ।

यस्ता आकर्षणहरु कनाउजी टेम्पल, आसाकूसा टेम्पल, आराशियामा ब्याम्बू ग्रुभ, माउन्ट फुजी, आक्वा लाइन, सूमीदा रिभर, टोकियो डिसनी ल्याण्ड आदि हुन् ।यसभन्दा अघि यसैगरी च्यानल पार्टनरहरुलाई युरोप भ्रमण गराइएको थियो । एक्साइड ब्याट्रीका अनुसार यस्ता भ्रमणहरुले कम्पनी र च्यानल पार्टनरबिचको सम्बन्ध अझ बलियो र पारस्परिक रुपमा फलदायी हुने बताए। भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कम्पनीको उद्देश्य रहेको छ ।

गाडी, मोटरसाइकल, इन्भरटर, र सोलार सम्बन्धि एक्साइड ब्राण्डका उच्चस्तरीय ब्याट्रीहरु बजारमा उपलब्ध छन । मुलुकभर विक्री एवं सेवा सञ्जाल भएको एक्साइडले आफ्नो ग्राहकवर्गलाई उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । एक्साइडले नेपाली बजारमा अग्रस्थान ओगट्न सफल भएको बताए।