
सुनाखरी न्युज/ काठमाडौं ।
प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थितT3 Thakali and Multi Cusinie / Saino Tandoori & Sekuwa Corner ले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।एक समारोहका बिच सम्पन्न सम्झौतामा त्घ थकाली ग्रुप प्रा.ली.का अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाई द्घारा हस्ताक्षर गरियो ।
सम्झौताअनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १०∞ छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।दैनिक लाखौको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पु्याँउनका लागि आउने जाने गर्दछन ।
यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन यिनै मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे T3 Thakali and Multi Cusinie र Saino Tandoori & Sekuwa Cornerले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाईनमा आºनो २४ घण्टे सेवा संचालनमा ल्याएको छ ।
सो अनुसार यहाँ आउने जो कोहीले पनि T3 Thakali and Multi Cusinieमा authentic थकाली खाना को स्वाद लिन सक्नेछन् भने Saino Tandoori & Sekuwa Cornerमा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसैघण्टा पाईने छ । साथै यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको छ ।