२०८३ जेठ ५ , मंगलबार

कास्की सुनचाँदी ब्यवसायी संघद्धारा महासंघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको स्वागत कार्यक्रम आचयोजना

kaski

सुनाखरी न्युज/ काठमाडौं ।
कास्की सुनचाँदी ब्यवसायी संघले नेपाल सुनचाँदी ब्यवसायी महासंघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको स्वागतमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । महासंघको चौथो अधिवेशनवाट निर्वाचित अध्यक्ष अर्जुन रसाइली तथा कार्य समितिका अन्य विभिन्न पदाधिकारी तथा सदस्यहको सम्मानमा संघले कासकीको पोखरामा २०८१ असार २२ गते शनिबार सो कार्यक्रमको आयोजना गरेको हो ।

त्यसक्रममा संघका कार्यवाहक अध्यक्ष झविन्द्र विश्वकर्माले महासंघको रसाइलीको नेतृत्वको नयाँ टिमले महासंघलाई नयाँ उचाइमा लैजाने आशा ब्यक्त गर्नुभयो ।

त्यसक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष रसाइली, पुर्व अध्यक्ष एवं विशिष्ट सदस्य मोहन सुनार, सचिव निर्मल दियाली र टुलक प्रसाद विश्वकर्मा, गण्डढकी प्रदेश सभापति चन्द्र किशोर गौतम, जीवन ज्योति सदाशंकर, महिला सदस्य सिता पन्थी, केन्द्रिय सदस्य हिम बहादुर विश्वकर्मा लगायत महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।