२०८३ जेठ ५ , मंगलबार

५० करोड लगानीमा मनकामना केवुलकारको स्तरोन्नति हुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम तथा सर्वलोकप्रिय केवुलकार मानिन्छ । अष्ट्रियाको विश्वकै १ नं. कम्पनी डोपलमायरबाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट रूपमा २६ औं वर्षमा संचालनमा आइरहेको कुरा सर्वविदितै छ ।

२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको हो ।हाम्रो प्रविधि एनालोगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर D. C.करेन्टबाट चल्ने कम्पनीको भनाइ छ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसलाई DoppelmayrकोD-Connect Systemभनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब AC करेन्टबाट चल्नेछ ।

पुरानो मोटर,Control System, Panelहरू सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशन बीच जडित Communication Cableसमेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जस्को लम्बाई करीव ३२०० मिटरको हुनेछ ।त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करीव ६५०० मिटरको हुने कम्पनीले जनाए ।

केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने Gripहरू, जस्को माध्यमबाट न्यलमयबि तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेका छौं ।डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सकिने कम्पनीले बताए ।

हाल गरिने मुख्य कार्यहरूः
१) मेन लठ्ठा (Main Haulage Cable)तार फेर्ने ।
२) Communicationतार फेर्ने ।
३) Thyrestor PanelतथाOperation Panelफेरिने(Digital Control System)।
४) सम्पूर्ण Wiringहरू फेरिने ।
५) DC Main MotorफेरिAC Main Motor Driveराखिने ।
६) ३ वटा Tower Overhaulingगरिने ।
७) अन्य अत्यावश्यक कार्यहरू गरिने ।
८) जनशक्ति तालिम On The Job Trainingगरिने ।

यस कार्य गरिंदा स्टेशन भवन, Towerहरू,Bull WheelतथाBullwheel Frameर Gondolaयथावत नै रहनेछ । तथापि २ वर्ष अगावै यसमा गर्नुपर्ने आवश्यक जाँच पडताल तथा अन्य Towerहरूको Overhaulingडोपलमायरका प्राविधिकहरूले गरी मर्मत तथा फेरिनु पर्ने (मुख्यतया मेकानिकल सामान) कार्य गरिसकेको छ ।

डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै Softwareबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै Online समाधान गर्न सकिने हुन्छ ।स्तरोन्नति कार्यको लगानी करीव रू. ५० करोडको हुनेछ ।केवुलकार तल्लो स्टेशनमा रहेको रेष्टुरेन्ट उक्त बन्द अवधिभर यथावत संचालन भई सेवा प्रदान गरिनेछ ।