
सुनाखरी न्युज/ काठमाडौं ।
फोनपेले, भारतीय यात्रुहरूद्वारा नेपालभरि युपिआई (यूनि फाइड पेमेन्ट्स इन्टरफेस)को प्रयोगमा ठूलो बृद्धि भएको घोषणा गरेको छ।२०२४ फेब्रुअरी २८मा सुरु भएदेखि, युपिआईको प्रयोगबाट २५करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार भएको छ र ७७वटै जिल्लामा १लाखभन्दा बढी कारोबार भएको कम्पनीले जनाए ।
यो वृद्धि त्यही समयमा भएको हो जब धेरै भारतीय पर्यटकहरू नेपाल भ्रमणको योजना बनाई रहेका छन्।यसवर्ष, उच्च संख्यामा भारतीय पर्यटकहरू नेपाल आउने अपेक्षा गरिएको छ।धेरै भारतीय यात्रुहरूले नेपाललाई सुन्दर दृश्य, समृद्ध सांस्कृतिक सम्पदा, र बढ्दो साहसिक पर्यटनको लागि रोज्ने गरेका छन्।युपिआई भुक्तानीले मुद्रा साट्ने वान गद बोक्ने आवश्यकता हटाएको छ, त्यसैले यात्रा सहज पनि भएको छ।फोन पे नेटवर्कमार्फत युपिआई भुक्तानीको सजिलो, सुरक्षा, र तत्काल सेवाले भारतीय पर्यटकहरूको कारोबारमा वृद्धि ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ, जसले नेपाल भ्रमणलाई अझ सुविधाजनक र रमाइलो बनाएको छ।
यो सहज भुक्तानी समाधानले नेपाललाई भारतीय यात्रुहरूका लागि बिगतको भन्दा अझै बढी रुचाइएको गन्तव्य बनाएको छ।बलियो बैंक तथा वित्तीय संस्था (बीएफआई) नेटवर्क सहित फोनपेले, नेपालमा युपिआई भुक्तानीको सुविधा दिने क्षेत्रमा अग्रस्थान लिएको कम्पनीको दाबी छ।अहिले, नेपालको८०५ क्युआर कोड प्रणालीले फोनपे मार्फत युपिआई भुक्तानी लिन सक्छ।फोनपेले सञ्चालन गरेको क्युआर र भुक्तानी प्रणालीले नेपालका सबै ७७ जिल्लामा युपिआई भुक्तानी स्वीकार गर्न सक्षम बनाएको छ।
फोनपेले सञ्चालन गरेको विस्तृत नेटवर्क, जसमा बैंक र पेमेन्ट सेवा प्रदायकहरू (पीएसपी)समावेश छन्, सबैको साझा प्रयासमा देशभरि युपिआई भुक्तानी सजिलै उपलब्ध भएको छ, जसले गर्दा यो प्रबिधि छिटो लोकप्रिय हुन सफल भएको छ।फोनपेका प्रमुख कार्यकारीअ धिकृत दिवास कुमारले भने,”नेपालमा युपिआई भुक्तानीलाई ग्राहकहरुले यसरी छिट्टै अपनाउदा यसले सहज र सुरक्षित डिजिटल भुक्तानीको बढ्दो माग भएको देखिएको छ।हामी यस डिजिटल परिवर्तनमा प्रमुख भूमिका खेल्न र नेपाली नागरिकहरू र भारतीय यात्रुहरुलाई सहज भुक्तानी विकल्प दिन पाउँदा धेरै खुशी छौं“आगामी दिनहरूमा, फोनपेले नेपाली नागरिकहरूले भारतमा पनि युपिआई भुक्तानी गर्न सकू न्भनेर प्राविधिक र सञ्चालन तयारी पूरा गरिसकेको छ।यसका लागि फोनेपे ,नेपाल राष्ट्र बैंकको अनुमतिको प्रतीक्षामा रहेको कम्पनीले बताए ।