
सुनाखरी न्युज/ काठमाडौं ।
यस कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकालज्यू नियुक्त हुनुभएको छ भने यस कम्पनीको मुख्य कम्पनी श्री गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवालज्यू सञ्चालकको रुपमा नियुक्त भएको छ ।
अशोक सुवेदी (कम्पनी सचिव), महेश प्रसाद काफ्ले (स्वतन्त्र सञ्चालक), दिपक पाण्डेय (अध्यक्ष), संजू प्रसाद जैसवाल (सञ्चालक), माधव प्रसाद उपाध्याय (निवर्तमान सञ्चालक), नैना नेपाल ढकाल (स्वतन्त्र सञ्चालक), अनिल रेग्मी (सञ्चालक), निर्मल भट्टराई (प्रमुख कार्यकारी अधिकृत)
नवनियुक्त सञ्चालकहरु संजू प्रसाद जैसवाल र नैना नेपाल ढकालज्यूलाई यस संस्थामा हार्दिक स्वागत गर्दै बधाई ज्ञापनका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरे।