
सुनाखरी न्युज/ काठमाडौं ।
शरद चन्द्रशाहा मेमोरियल फाउन्डेसन(SCSMF) लेखेलकुदमा योगदान पुर्याएका बरिष्ठ खेलाडीलाई सम्मान गर्न नयाँ प्रशस्तिको आयोजना गरिएको छ।यस समारोहमा पुरानो पुस्ता र नयाँ आउने युवालाई सम्मान प्रदान गरिन्छ र यस समारोहलाई ”SCSMF Sports Award 2024” नाम दिएको छ।
यसपालि’SCSMF Sports Award 2024 ”प्रख्यात ओलम्पियन बैकुण्ठ मानन्धरलाई प्रदान गरिनेछ।उहाँ एक नेपाली म्याराथन धावक हुन्। उनले सन्१९७६ देखि१९८८सम्म लगातार चार ओलम्पिक खेलहरूमा प्रतिस्पर्धा गरे। उनले दक्षिण एसियाली खेलकुदमा लगाता र तीनवटा स्वर्णपदक जितेर रेकर्ड बनाएका छन् र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट, ऐतिहासिक प्रदर्शनको लागि चर्चित छन्।
अर्को”SCSMखेलकुद पुरस्कार२०२४” खेलकुद क्षेत्रमा उदाउँदो सितारा ओलम्पियन अरिका गुरुंङलाई प्रदान गरिनेछ। उनी एसियाली र अन्तर्राष्ट्रिय खेलकुद-मार्शल आर्ट्स , कराते, मा उल्लेखनीय प्रदर्शनको लागि नामी छन र हालै वहाले चीनमा भएको १९औ एशियन गेम्समा पनि ऐतिहासिक र जतपदक जित्न सफल भइन।पुरस्कार स्वरूप प्रत्येकलाई रु२,५०,०००ससम्मान नगद प्रदान गरिनेछ।
शरद चन्द्रशाहा मेमोरियल फाउन्डेसन स्वर्गीय शरद चन्द्रशाहाको सम्झनामा उहाँका परिवारजनहरूद्वारा २०२० नोभेम्बर ३०मा स्थापना गरिएको थियो।शरद चन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात छन।उहाँ उहाँ Olympic Council of Asia र एशियाली ओलम्पिक परिषद्को (Vice President)उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्ति हुन।
नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र Olympic Movement ल्याउने व्यक्ति स्वशाहा नै थिए।उहाँ २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिसदको सदस्य सचिव(Member Secretary)तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष(President)रहेका थिए। उहाँ नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार पनि थिए ।
फाउन्डेसनको मुख्य उद्देश्य राष्ट्रको खेलकुद विकास गतिविधिहरूमा निम्न रुपमा सुधारका लागि समर्पित अथवा कुनै पनि किसिमले योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्नु हो।विगतका दिनहरुमा शरद चन्द्रशाहा मेमोरियल फाउन्डेसनद्वाराNepal Sports For All Commissionको सहकार्यमा “नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भु” “The Dawn of a New Era in Nepal Sports” नामक फोटो प्रदर्शनी आयोजना गरिएको थियो।
ओलम्पिक डे२०२२को पुनित अवसरमा असार १गते बिहिबार उद्घाटनगरिएको यो प्रदर्शनी ५दिन सम्म संचालन गरिएको थियो यस फाउन्डेसनद्वारा२०८०असार २६गते मंगलबार नवीन अर्यालद्वारा लिखित “नेपाली खेलकुदको वृतान्तु”नामक किताब पनि प्रक्षेपण गरिएको थियो।