
सुनाखरी न्युज/ काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लि.मधुवन शाखा कार्यालयले मिति२०८१/०३/०८का दिन आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा शाखाले बर्षदिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो।
शाखाले स्थापनाकाल देखि हालसम्म २१००ग्राहकलाई आवद्ध गर्दै ४ करोड ८०लाख बचत संकलन र१ करोड ४७ लाख लगानी गर्न सफल भएको जानकारी शाखा प्रमुख केशव पौडेलले कार्यक्रमका बिच जानकारी दिए।
नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले बरहा क्षेत्र नगरपालिकाका स्थानीय व्यापारीहरु, वचत कर्ताहरु,बुद्वि जिवि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उक्तरोक्त र प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए।
शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरिय कर्जा लगानिमा घनिभुतढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप शसक्त बनाउन स्थानीय जन चाहना बमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेको रहेको जनाएको छ।
समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीटकार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ।