
सुनाखरी न्युज/काठमाडौं ।
एफ ए ओ को मुख्यालय इटालीको रोममा भएको विश्व भरका किसानहरुको छाता संगठन विश्व किसान संगठन विश्व किसान संगठन(WFO)को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित भएको छ ।नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएको बताए ।
पाठक सहित विश्व किसान संगठन ध्ँइ को सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएको छ ।विश्वभरका सक्रिय किसान संघसंगठनहरुको छाता संगठनका रुपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हो।किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्चतह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले जनाएको छ ।
गरिबी निवारण, साना किसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधार सहितमहिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियान मार्फत निरन्तर सक्रिय खेम बहादुर पाठक इटालिको रोममा भएको विश्व किसान संगठन WFOको महासभा2024को सदस्य संगठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित भएको हो ।(WFO)को माहासभाको निर्वाचनको यो परिणामले नेपालको सहकारी अभियान, साना किसान बिकास अभियान परिवार, सरोकारवालाहरु, किसानहरु, सहकारी अभियन्ता, तथा सम्पूर्ण नेपालिहरुलाई अन्यन्तै हर्षित र गौरवान्वित बनाएको छ ।
धादिङ्ग जिल्लाको विकट गाउँबाट निरन्तर सहकारी अभियानमा संलग्न खेम बहादुर पाठक, गाउँ, गाबिस, साना किसान बिकास आयोजना, साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष, जिल्ला संघ, हुँदै साना किसान विकास बैंकको संचालक समितिको सदस्य, नेपाल कृषि सहकारी केन्द्रिय संघको अध्यक्ष, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्ष, रास्ट्रिय सहकारी महासंघको उपाध्यक्षको भूमीकामा रहँदै आएको छ ।
साना किसान बिकास लघुवित्त वित्तीय संस्था र सम्पूर्ण साना किसान अभियानलाई सशस्त्र द्धन्दकाल, राजनीतिक अस्थिरता तथा विभिन्न कठिन अवस्थाबाट जोगाउँदै आज यो अवस्थामा ल्याउन पाठकको महत्वपूर्ण योगदान रहेको बताए ।विश्वभरका सबै विशिष्ट प्रतिनिधिहरुको विस्वासले विश्वकिसान संगठन (WFO) को संचालक समितिको सदस्यको रुपमा खेम बहादुर पाठकको कार्यकाल विश्वभरिका सम्पूर्ण किसानहरुको हित र स्वर्णीम भविष्य निर्माणका लागि महत्वपूर्ण रहने छ ।