२०८३ जेठ ६ , बुधवार

सहकारी मन्त्री अधिकारीको पहलमा समस्या ग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्या ग्रस्त घोषणा भएका सहकारीहरुमा रहेको निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तिव्रता दिनु भएको छ ।सहकारी बिभागको सिफारिसमा यसअघि नै मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका२० वटा सहकारीमध्येकुबेर बचत तथा क्रण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी सस्थाको सम्पक्ती व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यस्थापन समितिका अध्यक्ष मोहन गौतमका अनुसार मन्त्री अधिकारी र मन्त्रालयसंगको निरन्तर समन्वय र अग्रसरतामा यसअघि नै समस्याग्रस्त घोषित ३ सहकारीको सम्पुर्ण बचत रकम फिर्ता गराउन सफल भएको बताए । समस्याग्रस्त संस्थाका पिडीत, बचतकर्ताका प्रतिनिधि, सञ्चालक तथा यस समिति बिच बिभिन्न मितिमा बचत फिर्ता लगायतका बिषयमा निरन्तर छलफल भई समस्याग्रस्त १९ वटा सहकारीमध्ये ३ वटा सहकारीको समस्या पुर्णरुपमा समाधान भएको छ ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले समस्या ग्रस्त रहेका अन्य १७वटा सहकारीको समस्याको स्थायी समाधानका लागि पहल गरिरहेको बताए । पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका, दोस्रो चरणमा समस्याग्रस्त उन्मुखरहेका र तेस्रो चरणमा सहकारीमा देखिएको समस्याहरुको स्थायी समाधानका लागि मन्त्रालयले कामगरिरहेको मन्त्री अधिकारीको भनाई छ । मन्त्रीअधिकारीको अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई अझ बढि प्रभावकारी ढङ्गले परिचालन गरी बचत फिर्ताको कार्यलाई तदाकरुकताका साथ अघि बढाएको बताए ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्ण मणी दवाडीले सहकारी ऐन, २०७४ ले परिकल्पना गरेका तर सो बमोजिम गठन हुन नसकेका संरचनाहरु: कर्जा तथा बचत सुरक्षण कोष, कर्जा सुचना केन्द्र, दोस्रो तहको नियामक निकाय, कर्जा असूली न्यायाधीकरण स्थापना तथा गठनको प्रक्रिया समेत अघि बढेको जानकारी दिए ।