
सुनाखरी न्युज/ काठमाडौं ।
गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुलेको छ ।ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोर किशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्यलाई र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्चप्रदानगर्दै आएको छ। ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोर किशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको संस्थाले जनाएको छ।
यस उपाधिको माध्यमबाट किशोर किशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्दछ। नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र पहिचान गरेर पछि सन् २०१६ सम्ममा यस कार्यक्रमले देशभरिका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो। हालसम्म नेपालका ९ जनाकिशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ। दक्षिण एशियाका अन्य देशहरूमा यसको पहुँचविस्तार गर्ने दृष्टिकोणका साथ, ग्लोकल टीन हिरो भारतमा २०१९ मा, श्रीलंकामा २०२० मा, र बंगलादेशमा २०२२ मा सुरु गरिएको थियो।
यस वर्ष, हामीले पूर्वदेखि पश्चिमसम्म ५०+ शहरहरू र १००० विद्यालय/कलेजहरूका १लाखभन्दा बढी किशोर किशोरिहरुसम्म पुग्ने लक्ष्य राखेका छौं।देशभरिका प्रभावशाली किशोर किशोरी आफैमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नविन आयाम बोकेका हुन्छन्। सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepalमर्फत निशुल्क अनलाइन आवेदन भर्न सक्छन्। साथै, तपाईहरुले आफ्नो समुदायमा रहेका उत्कृष्ट किशोर किशोरीहरूको मनोनयन गर्न पनि सक्नु हुनेछ।
पहिलो चरणमा कुल आवेदनहरुको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २०अन्डर२० को छनोट गरिनेछ। त्यसपछि उनीहरुको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमाउत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टीन हीरो नेपाल २०२४ को बिजेता घोषणा गरिनेछ । हरेक वर्षझै यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२४ माहुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुने जनाए ।
अन्तिम स्क्रीनिंग र साक्षात्कारका लागि निर्णायक टोलीमा गोल्छा गु्रपप्रा लिमिटेडकी डाइरेक्टर श्रीमती सीमा गोल्छा, डब्लु डब्लु यफ का कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ,कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर सुश्री चन्द्रिका कालिया,Ace Institute of Managementका डाइरेक्टरश्री आशिष तिवारी तथा नेपालकालागि युरोपियन युनियनकी राजदूत भेरोनिकलोरेन्जो रहनु हुनेछ ।देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउ हामीसँग बिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छौ ।ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रपसँग साझेदारी गरेको छसपार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, KFCपंचकन्यागु्रप, डिशहोम गो, ], Ace Institute of Management,र रियल् जुसस प्रारम्भ साझेदारको रूपमा द्सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा कोजी होम सएयरलाइन्स पार्टनरको रूपमा एति एयरलाइन्सस पीआर साझेदारमा प्रिज्मा एडभरटाईजिंगस आउट रिच पार्टनरको रूपमा NoNextQuestion(NNQ); समर्थकमा पिज्जा हटरहेका छन्।