२०८३ जेठ ६ , बुधवार

यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं।

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा आज बिहीबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाडौँ सम्पन्न भएको हो ।सभाले हाल कायम रहेको जारी तथा चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १०० सेयरबापत १५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

यस्तै, हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएअनुसार सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणबाट संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ रहे बमोजिम संचालक समितिमा समेत सो अनुपातमा प्रतिनिधित्व गराउने सन्दर्भमा संस्थापकको तर्फबाट ३ (तीन) जना, सर्वसाधारणको तर्फबाट ३ (तीन) जना र स्वतन्त्र संचालक १ जनाको प्रतिनिधित्व हुने गरी कम्पनी ऐन, २०६३ को दफा ८६(२) बमोजिम एक जना महिला संचालक समेत समावेश हुने गरी साधारण सभामा विशेष प्रस्ताव राखी सोही अनुपातमा प्रतिनिधित्व कायम गराउने व्यवस्था गर्नु भनि मिति २०८१/०१/०९ गते चं.न. ६५९८ को पत्रबाट निर्देशन प्राप्त भएकोले सोही बमोजिम कम्पनीको प्रवन्धपत्र एवं नियमावली संशोधन गर्नुपर्ने जनाएको छ ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको कम्पनीको चुक्ता पूँजी रु.२,१०,००,००,०००/-(अक्षरेपी दुई अर्व दश करोड) को १५% अर्थात प्रत्येक १०० कित्ता शेयर वरावर १५ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरियो । यसैगरी हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी बृद्धि भई रु.२,४१,५०,००,०००/-(अक्षरेपी दुई अर्व एकचालिस करोड पचास लाख) पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने र कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने निर्णय गरिएको कम्पनीको भनाइ छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या २,०२,६१८ (दुई लाख दुई हजार छ सय अठार), बीमाशुल्क वापत रु.२,३६,७८,७७,९३९/-(अक्षरेपि दुई अर्व छत्तीस करोड अठहत्तर लाख सतहत्तर हजार नौ सय उन्नचालिस) आर्जन गरि तेस्रो त्रैमाससम्म रु.२७,४२,२४,२१५/- (अक्षरेपि सताइस करोड बयालिस लाख चौविस हजार दुई सय पन्ध्र) खुद नाफा आर्जन भएको छ । कम्पनीले विगतको वर्षहरुमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाई सोहि अवधिमा ८,१८१ (आठ हजार एक सय एकासी) वटा दावीको रकम रु.१,२६,६४,९४,५६८/- (अक्षरेपि एक अर्व छविस करोड चौसठ्ठी लाख चौरानब्बे हजार पाँच सय अरसठ्ठी) दाबी भुक्तानी गरेको र कोभिड बीमा दाबी बाहेक भुक्तानी गर्न बाँकी दाबी संख्या ३,७३७ (तीन हजार सात सय र्सैतीस) कायम गर्न सफल भएका जनाए ।

यसैगरी कम्पनीको पुनर्बीमा कम्पनीहरु सँगको पुराना हिसाब किताब राफसाफ गरि व्यवसायिक सम्बन्ध सुधार गर्ने कार्यहरु भइरहेको छ जसको फलःस्वरुप कम्पनीप्रति पुनर्बीमा कम्पनीहरुको विश्वासमा अभिवृद्धि भई आगामी वर्ष पुनर्बीमा कमिशनमा बृद्धि हुन सक्ने र कम्पनीलाई लाभदायक पुनर्बीमा संम्झौता गर्न सुविधा हुने जाकारी गराए ।