२०८२ फाल्गुन २६ , मंगलबार

कार्यान्वयनमा जान नपाउँदै शिक्षक सरुवा निर्देशिकाको चौतर्फी विरोध

Sumana

सुनाखरी न्युज/ काठमाडौं।

‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ को विरोध सुरु भएको छ । विशेष गरी विभिन्न दल आबद्ध सरोकारवाला निकायहरूले विधेयकमाथि विरोध सुरु गरेका हुन् ।

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १३ गते शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ जारी गरेको थियो । दुई महिनासम्म जिल्लान्तर सरुवा रोकेको मन्त्रालयले निर्देशिका जारी गरेसँगै सरुवा फुकुवा गरेको थियो ।

 

 

 

जारी निर्देशिकाले सरुवामा कडाइ र विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती गरेको भन्दै सरोकारवालाले निकायले विरोध जनाएका हुन् । शिक्षक संघ संगठनका नेताहरू शिक्षा मन्त्री सुमना श्रेष्ठविरुद्ध उत्रिएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ, विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल अभिभावक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अभिभावक संघ नेपाल लगायतका सरोकारवाला निकायले विरोध जनाएका हुन् । त्यसरी विरोध जनाउनेहरूमा विभिन्न राजनीतिक दल सम्बद्ध शिक्षक संघ संगठनहरू रहेका छन् ।

मन्त्रालयले शिक्षक खाली भएको ठाउँमा यसअघि भनसुन र लेनदेनको आधारमा सरुवा हुने परम्परालाई अन्त्य गर्न निर्देशिका जारी गरेको बताएको थियो । त्यसका लागि मन्त्रालयले सहसचिव नेतृत्वमा कार्यदल बनाएर निर्देशिका तयार पारेको थियो । सोही आधारमा निर्देशिका पारित भएको छ । तर, सरोकारवाला निकायहरूले भने यसको विरोध थालेका हुन् ।