२०८३ जेठ ६ , बुधवार

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मागे विश्वासको मत

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताका हैसियतले जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आज संसद्‌मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

असार १ गते बजेट ल्याउनुपर्ने र बजेट अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने बाध्यता भएकाले सबै राजनीतिक दललाई मत दिन उनले आग्रह गरेका हुन् ।प्रदेश सभाको ठूलो दल कांग्रेसका २७ जना सांसद छन् ।३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पाण्डेले असार १३गतेभित्र विश्वासको मत लिनुपर्ने थियो ।