२०८३ जेठ ६ , बुधवार

एसबिआई बैंक र फोनपे बीच सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल एसबिआई बैंक लि. रFonePayप्रा. लिबीच नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ ।
नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब (UPI)आबद्ध एपहरू (PhonePe, BHIM UPI, Google Pay)प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्नेछन्।

बैंकले Person-to-Merchant(P2M)भुक्तानी च्यानल सञ्चालन गर्न फोनपे प्रा. लिसँग सम्झौता गरेको हो। नेपाल एसबिआईकोँ फोनपे नेटवर्कसँग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै (UPI)भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन्।

यस सम्झौताले नगदरहित कारोवारलाई प्रबद्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको जनाए।उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र फोनपे प्रा.लितर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका थिए।

उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत, सुनन्दम ल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन रितेश अर्याल र फोनपे प्रा. लि का प्रमुख व्यवसाय अधिकृत सुमित दास लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।