२०८३ जेठ ६ , बुधवार

सुपर कृषक एपले ICC T20 Men’s वर्ल्ड कप लक्षित ५ रन बराबर एक कफी बिरुवा अभियान गर्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

हालै अमेरिका र वेष्ट इन्डिजमा संयुक्त ICC T20 Men’s World Cup भइरहेको र हाम्रो देश नेपाल पनि पून: १० वर्षपछि यस वर्ल्डकपमा सहभागी भइरहेको कुरा सबैलाई सर्वविदित नै छ ।

यसै सन्धर्भमा नेपाली कृषकलाई बिभिन्न डिजिटल सेवा सुविधामार्फत उहाँहरुको जीवनशैली सहज बनाउँदै आएको सुपर कृषक एपले नेपाली क्रिकेट टिमलाई समर्थन गर्ने साथै यो ऐतिहासिक अवसरलाई अझ यादगार बनाउन र नेपाली कृषिलाई पनि क्रिकेटसंग जोड्ने उद्द्येश्यका साथ ५ रन बराबर एक कफी बिरुवा अभियान ल्याएको छ ।

यो अभियान अन्तर्गत नेपाली खेलाडीली हानेको प्रत्येक रन बापत सुपर कृषकले सम्भावना बोकेको सिमान्तकृत किसानहरुलाई कफीको बिरुवा बाढ्ने तथा यसको रेखदेखको लागि आवश्यक तालिम तथा प्रविधि प्रदान गर्ने जनाए ।