२०८३ भदौ २३ , मंगलबार

सुनको मूल्य फेरि पुग्यो ऐतिहासिक रेकर्ड

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि गत जेठ १८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार प्रतितोला १८ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।