
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले २०८१, जेष्ठ २१ गते एक औपचारिक कार्यक्रम आयोजना गरीनेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गरी एकिकृत कारोबार शुरुवातको घोषणा गरेको छ । नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालकहरुबीच गाभ्ने/गाभिने वा प्राप्ति भएको यो नैपहिलो हो ।उक्त एकीकृत कारोबार घोषणाको कार्यक्रममा आदरणीय गभर्न महाप्रसाद अधिकारिज्यूको प्रमुख आथित्य रहेको थियो भने नेपाल राष्ट्र बैंकका उच्चपदस्तहरु, सरकारी निकायका पदस्तहरु,बैंक वित्तीय संस्थाहरु, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायक संस्थाहरु लगायतका प्रतिनिधिज्यूहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
मिति २०८१, वैशाख १३ गते दुबै संस्थाहरुले आ–आफ्नो विशेष साधारण सभाबाट स्वीकृती प्राप्त गरी आवश्यक सम्पूर्ण कानुनी र प्रकृयागत कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृती पश्चात उक्त प्राप्ती सम्बन्धीको कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो । भुक्तानी तथा फछ्र्यौट विनियममा रहेको प्रावधान अनुसारDDAअडिटरले मूल्यांकन लगायत विभिन्न पक्षको समिक्षा सहितको प्रकृया पूरा गरी१ः०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्ती गरेको हो । दुवै संस्थाहरु बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित भएकाले प्राप्ती पश्चात पनि कम्पनीको सञ्चालक समितिमा कुनै फेर बदल भएको छैन ।
दुबै संस्थाले नेपालमा डिजिटल भुक्तानीको विकास तथाविस्तार गर्ने उद्देश्य सहितआ–आफ्नो क्षेत्रमा कार्य गर्दै आएका हुन् । नेप्सले विगत ११ वर्ष देखि कार्डमा आधारित सेवाप्रदान गर्दै आएको छ भने एनसीएचएलले विगत १५ वर्ष देखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म सञ्चालन गर्दै आएको छ । प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी नेशनल पेमेन्ट स्वीच(NPS-NCS / NEPALPAY schemeको कार्यान्वयन तथा अन्तर आबद्धतालाई थप टेवापुग्ने विश्वास गरिएको छ ।
प्राप्ती पश्चात नेप्सले कार्डको पूर्वाधार अन्तर्गत दिने गरेको कार्डissuing, acquiring, personalizationतथा यस सम्बन्धी सम्पूर्ण सेवाहरुलाई EFT Card Servicesको रुपमा निरन्तरता दिनेछ भने सो पूर्वाधारलाई थप सुदृढ गरी NEPALPAY Cardsfको डोमेस्टिक स्किमको सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाईने छ ।प्राप्ति पछि एकीकृत चुक्ता पुँजीने.रु. १ अर्ब ७ करोडतथाकुल कोष ने. रु. १ अर्ब ४४ करोड कायम भएको छ । यसले पूर्वाधार विस्तार गर्न, जोखिमहरु न्यूनिकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीहरुलाई सुदृढ गर्न, नविनतम अनुसन्धनका कार्यहरुमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै, २०८०चैत्र मसान्तसम्म दुवै कम्पनीको संयुक्त कारोबार रकम ने.रु. ११३खर्ब भन्दा बढि रहेको छ भने संयुक्त कारोबार संख्या१३ करोडभन्दा बढि रहेको छ । १३२ भन्दा बढि कर्मचारीहरुको अनुभव तथा दक्षताले एनसीएचएललाई नेपाल तथा अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थीतिलाई थप सशक्त बनाउँन मद्दतपुग्नेछ ।एनसीएचएललेNCHL-ECC, NCHL-IPS, RPS, connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI)/ NEPALPAY QRच्जस्ता राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।हाल एनसीएचएलले एनपीएस अन्तर्गतको नेशनल कार्ड स्विच र / NEPALPAYब्थ्डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ ।