२०८३ बैशाख २० , आइतवार

एसबिआई बैंक र इसेवा बीच सेवा सञ्चालन सम्झौता पत्रमा हस्ताक्षर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल एसबिआई बैंक लि. र इसेवा लि.बिच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ,काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवावालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने छ।

साथै, यस सम्झौताले इसेवा प्लेटफर्ममार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पू¥याउने छ।
उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंककातर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र इसेवा लि. का तर्फबाट प्रमूख कार्यकारी अधिकृत जगदिस खडकाले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमूख संचालन अधिकृत यादवेंद«कांत,प्रमूखप्रविधिअधिकृत सुन्नदम ल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र इसेवा लि. काप्रमूख र०ानीति अधिकारी रवि शाक्य लगायत अन्य वरिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।