२०८३ बैशाख २० , आइतवार

फार्महाउस होटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

Capture

सुनाखरी न्युज/ पोखरा ।

आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पद मार्गीहरु माझ लोकप्रिय गन्तब्य, हिमाल पारीको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटल रप्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहक वर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

मिति २०८१/०२/११गते एक समारोहका बीच फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ्ख, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्यकुनै बिधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा बिशेष छुट प्राप्त गर्न सकिने बैंकले जनाए
।एग्रो मनाङ प्रा.ली.द्घारा संचालीत फार्म हाउस होटल बिगत पाँच बर्षदेखी संचालनमा आएको मनाङ जिल्लाकै सुबिधा सम्पन्न होटलको रुपमा परिचित पाइन्छ ।