२०८३ जेठ ७ , बिहिवार

समृद्धि फाइनान्सद्धारा बुद्ध जयन्ती तथा चण्डी पुर्णिमाको अवसरमा निशुल्क खानेपानी वितरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

समृद्धि फाइनान्सले नारायणगढ र बुटवल शाखाबाट मिती २०८१ जेष्ठ १०गतेकादिन २५६७औँ बुद्ध जयन्तीको अवसरमा भरतपुर ११,भोजाडमा अवस्थित छेच्यु थर्पलिङ्ग गुम्वामा लगभग ३५०जना भन्दा बढी बौद्ध धर्मालम्वी आगन्तुकहरूलाई निशुल्क खानेपानी र बुटवल १मा अवस्थित पद्म चैत्य विहार समितिलाई प्रसाद प्रयोजनको लागि फलफुल, सुजि, आटा र पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

साथै वनेपामा चण्डी पुर्णिमाको अवसरमा मनाइने चण्डेश्वरी जात्रामा उपस्थित आगन्तुकहरूलाई निशुल्क खानेपानी र जुस वितरण गरेको छ ।