२०८३ जेठ ७ , बिहिवार

समृद्धि फाइनान्सका ग्राहकहरुलाई पुष्पाञ्जली हस्पिटल प्रा. लि., भरतपुर चितवनमा भारी छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले जेष्ठ१०गते पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर,चितवन सँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयर सदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले मिति २०८१/०२/११देखि २०८४/०२/१०गते सम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्यू.आर प्रयोग गरि पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर, चितवनमा स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत गोर्कण प्रसाद दुवाडी र पुष्पाञ्जली हस्पिटल प्रा.लि.कातर्फबाट प्रबन्ध निर्देशक सुजन राज अधिकारीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

फाइनान्सका सम्पुर्ण शेयर सदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर, चितवनबाटनियमितओ.पि.डि. सेवामा २०%, हस्पिटलको आन्तरिक सेवाहरुमा २०% ९जस्तैःBed Charge General, ICU Charge, Video X-ray/X-ray, Eco, Lab, CT-Scan, MRI etc.),औषधिमा३% देखि ५%र सानातथा ठुला सल्याक्रिया चार्जमा २०% छुट प्राप्त गर्ने छन् ।