२०८३ जेठ ७ , बिहिवार

सिरोहिया पक्राउमा निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संचार उद्यमी कैलाश सिरोहिया पक्राउ प्रति नेपालउद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफकमर्सको गम्भिर ध्यानाकर्षण भएको छ ।’कानुन विपरीत काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने तर्पm हामी ध्यानाकर्षण गराउन चाहन्छौं’ निजी क्षेत्रले जारी गरेको विज्ञप्तिमा छ । ।

विगत देखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमाथुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइरहेका छौं । उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जोकोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो।

थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं ।
सर्वविदितै छ किमुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको छैन । अर्थतन्त्रको सुधारकालागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानीगर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह पनि गरिएको छ ।

यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिनदिनु हुदैन भन्ने हाम्रो सुझाव रहन्छ । कुनै पनि व्यवसायीको मानमर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न  नसक्ने निजी क्षेत्रको भनाइ छ  ।” अहिले देशभित्रका साना देखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ । उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ । देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम कहीँकतैबाट पनि नहोस् भन्ने तर्फ हामी सबैको पुनःध्यानाकर्षण गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।