२०८१ असार ३ , आइतवार

प्रतितोला एक हजार आठ सय रूपैयाँ घट्यो सुनको भाउ

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। सुनको भाउ यसदिन प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।