२०८३ जेठ ७ , बिहिवार

उद्यमशील कांग्रेसले गर्यो उद्यमशीलता, उद्यमी र बजेट बिषयक अन्तरक्रिया

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले उद्यम र उद्यमशीलताको प्रबर्द्धन गर्न सके मात्र देश समृद्ध हुने बताएको छ । उद्यमशील कांग्रेसले काठमाडौंमा आज गरेको कार्यक्रममा पूर्व रक्षा तथा सञ्चारमन्क्री समेत रहेका नेता रिजालले सरकार र नेतृत्वको तीब्र इच्छाशत्तिले मात्र यो सम्भव रहेको बताए। ससाना पूंजीबाट माक्र त्रमशः ठूलो सफलता हासिल हुने भन्दै उहांले त्यसलाई प्रबर्द्धन गर्नुपर्ने बताए। स्थानीय उत्पादनहरुलाई बजारसम्मको बाटो राज्य स्तरबाटै निर्माण हुनुपर्ने र बजेटमार्फत नै कार्यक्रमहरु ल्याउनुपर्नेमा नेता रिजालले जोड दिए ।

कसैले डोर्याएर सफल उद्यमी बन्न नसकिने उल्लेख गर्दै उहांले स्वयं व्यक्तिको पनि दृढ इच्छाशक्ति आवश्यक रहेको बताए । हाम्रो शिक्षा पद्धती नै परिवर्तन गर्नुपर्ने भन्दै उहांले सीपमुलक दक्षता प्रदान गर्ने किसिमको शिक्षा आजको आवश्यक्ता भएको उल्लेख गरे ।
कार्यक्रममा नवउद्यमशीलतालाई प्रबर्द्धन गर्दै आएका प्रशिक्षक तथा लगानीकर्ता निरज खनालले नवउद्यमीहरु पटक पटक असफल हुनसक्ने सम्भावना रहेपनि हतास हुन भने नहुने बताए। असफलतासंग डराउने मानिस उद्यमी बन्न नसक्ने भन्दै उहांले राज्यले पनि सफल व्यक्तिलाई मात्र प्रोत्साहन गर्न नहुने उल्लेख गरे । राज्य दरिलो अभिभावक बन्न सके उद्यमशीलता फस्टाउने उहांको भनाई थियो । उद्यमी खनालले राज्यले नीति तथा कार्यक्रम ल्याई व्यवहारिक रुपमै कार्यान्वयन गनुपर्नेमा जोड दिए ।

कार्यक्रममा युवा उद्यमी निकिता आचार्यले सम्पूर्ण जोखिम आफैले व्यहोर्नुपर्ने भएकाले उद्यमशीलता गर्न युवा वर्ग डराएको हुनसक्ने बताए। राज्य पक्ष दरिलो भए देशमा धेरै सफल नवउद्यमी जन्मन सक्ने उहांको भनाई थियो ।कार्यक्रमका सहजकर्ता युवा उद्यमी एवं ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले उद्यमशीलताको क्षेत्रमा विद्यमान चुनौती न्यूनीकरण र उद्यममैक्री वातावरण निर्माणका लागि सरकारले ठोस नीति तथा कार्यत्रमहरु ल्याउनुपर्ने बताए। त्यसका लागि सरकारलाई सबै पक्षबाट घच्घच्याउन आवश्यक रहेको उहांले बताए।

कार्यक्रममा विशेष वत्ता रहेका कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले उद्यमी जन्माउने प्रमुख भूमिका राज्यकै हुने भन्दै आवश्यक प्रक्रिया सहज बनाउन सरकारलाई आग्रह गरे ।यस्तै, उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले भएका नीति तथा कार्यक्रमको कार्यान्यवयन पक्ष फितलो हुदा उद्यमशीलता क्षेत्रले फड्को मार्न नसकेको बताए।कार्यक्रममा उद्यमशील कांग्रेसका सदस्य वृतान्त खनालले कार्यपत्र प्रस्तुत गरे ।