२०८१ जेठ २० , आइतवार

लोखरममा दलित विद्यालयको तीन कोठे भवन शिलान्यास

Capture

सुनाखरी न्युज/ राजविराज ।

लामो समयदेखि भवनको अभाव खेप्दै आएको छिन्नमस्ता गाउँपालिका –५लोखरमस्थित दलित रा.प्रा.विद्यालयमा भवन बन्ने भएको छ ।एक कार्यक्रम आयोजना गरेर पालिका अध्यक्ष विद्यानन्द चौधरीले त्यहाँ तीन कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् ।

८ बर्षदेखि भवन जिर्ण रहेको थियो, एउटै कोठामा बसाएर दुई/तीन वटा कक्षा संचालन गर्नु परिरहेको थियो ।’ उनले भने, ’धेरै पहलपछि प्रदेश सरकारले बजेट दिएपछि उक्त भवन बन्ने भएको छ ।’दलितकै नाममा रहेको त्यस विद्यालयको भवन बन्ने भएपछि स्थानीय दलित परिवारहरु उत्साहित भएको देखिएका थिए ।त्यस्तै सोही दिन पालिका अध्यक्ष चौधरीले वडा नं ५को वडा कार्यालय भवनको समेत शिलान्यास गरेका थिए ।

वडा कार्यालयको आफ्नो भवन भएपछि सेवा प्रवाहमा थप सुविधा हुने पालिका अध्यक्ष चौधरीले बताए । वडा कार्यालय भवनको शिलान्यास पछि उत्साहित एक स्थानीयले पालिका अध्यक्ष चौधरीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

’राम्ररी काम गर्दै हुनुहुन्छ खुसी लागेको छ, यसरी नै अगाडि बढ्नुस्,’ उनले भने, ’तपाईलाई धेरै राजनीतिक चुनौतीहरू होलान् हामी बुझ्छौँ, त्योसँग लड्दै तपाईले गरिरहेको काम उदाहरणीय भइरहेकोमा गर्भ महसुस गर्छौँ ।’यसअघि केही समयअघि अध्यक्ष चौधरीले लोखरममा स्वास्थ्य चौकी तथा प्रसौती गृह(बर्थिङ्ग सेन्टर) उद्घाटन गरेका थिए ।