२०८१ जेठ १९ , शनिवार

प्रधानमन्त्री प्रचण्डले छलफलमा बोलाए कांग्रेस नेताहरूलाई

prachand dahal

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलमा बोलाएका छन्।प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ६ बजे छलफलका लागि बोलाएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

यसमा सहमति जुट्न नसक्दा संघीय संसद प्रभावित हुँदै आएको छ ।