२०८१ जेठ ३१ , बिहिवार

नबिल बैंक सीईओ ढुंगानाको कार्यकाल पुनः २ वर्ष थप

Dhumgana

सुनाखरी न्युज/ काठमाडौं ।

नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा ज्ञानेन्द्रप्रसाद ढुंगानालाई थप २ वर्षका लागि नियुक्त गरेको छ ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि १७ असार २०७९ मा २ वर्षका लागि ढुंगानालाई सीईओमा नियुक्त गरेको थियो ।

 

बैंक सञ्चालक समितिको २ जेठमा बसेको बैठकले १७ असार २०८१ देखि लागु हुने गरी ढुंगानालाई सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव बटुलीसकेका ढुंगानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि नियुक्त गरेको बैंकले जनाएको छ ।