सुनाखरी न्युज/ काठमाडौं।
ललितपुर कुपन्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी कार्यालयमा आगलागी भएको छ ।तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी सहित पाँच संस्था मर्ज भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो ।
सहकारीमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । राष्ट्रिय सहकारी बैंक अध्यक्षसमेत रहेका केबी उप्रेती अध्यक्ष रहेको सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन ।
बिजुली महसुल नतिरेको भन्दै सहकारी कार्यालय रहेको चौथो तलाको लाइन काटिएको छ । लाइन काटिएको सहकारी कार्यालयमा कसरी आगलागी भयो भनेर अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरले जनाएको छ ।ललितपुर प्रहरीको अनुसार चौथो तलामा रहेको सहकारी कार्यालय बन्द अवस्थामा थियो ।