२०८३ जेठ ७ , बिहिवार

शिलालेखमा वडाध्यक्ष दिवंगत मुकुन्द रिजालको नाम नभेटेपछि तोडफोड

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिका–१६ मा बनेको भवनको २८ वैशाखमा उद्घाटन भएपछि शिलालेखमा भएका नामबारे विवाद आएको छ ।

महानगर उपप्रमुख सुनिता डंगोलले भवन उद्घाटन गर्दा तत्कालीन वडाध्यक्ष दिवंगत मुकुन्द रिजालको नाम शिलालेखमा नराखिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले शिलालेख तोडफोड गरेका हुन् ।

‘स्वर्गीय वडाध्यक्ष रिजालको नाम नराखेको भन्दै कांग्रेस समर्थक साथीहरूले हुलहुज्जत गर्नुभयो । हामीले उहाँको सम्मानमा शालिक नै बनाएका छौं ४० लाख खर्च गरेर,’ वडा नम्बर १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले भने, ‘आपत्ति जनाउने नाममा अराजकता देखाउने काम भयो, तर सम्झाएपछि विवाद समाधान भइसकेको छ ।’

शिलालेखमा दिवंगत वडाध्यक्ष रिजालको नाम पनि राख्ने सहमति भएको बताए । उनले नयाँ शिलालेख राख्ने बताएका छन् । महानगरले ७ करोड रुपैयाँमा वडा कार्यालय भवन बनाएको थियो ।