२०८१ जेठ ७ , सोमवार

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबाट प्रदानगरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपिडि सामान्य डेन्टल सेवाहरूमा कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र, काठमाडौं मूख्य कार्यालयतथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयहरुबाट सेवा लिदा१०%, विशेष डेन्टल सेवाहरूमा७%, सामान्य सेवाहरूमा१०%,

क्लिनिकल प्याथोलोजीमा १५% छुट र साथै पहिलो भिजिटमा निशुल्क आँखा परीक्षण प्राप्त गर्न सकिनेछ। यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्तगर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।