२०८१ जेठ ७ , सोमवार

कार्यव्यवस्था बैठक बस्न ढिलाइ, प्रतिनिधि सभा बैठक प्रभावित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ भएको छ ।बिहान साढे बाह्र बजे बस्ने भनिएको बैठक दुई बजेसम्म पनि बस्न सकेको छैन ।

कार्य व्यवस्था परामर्श समितिको बैठक पछि मात्रै प्रतिनिधि सभाको बैठक बस्ने छ । प्रतिनिधि सभाको बैठक दिउँसो दुई बजेलाई बोलाइएको थियो । कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा प्रतिनिधि सभाको बैठक नै प्रभावित भएको छ ।कार्य व्यवस्था बैठकको तयारीका लागि दलका नेताहरु छुट्टाछुट्टै संवादमा छन् ।

संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा आज राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

सभामुख घिमिरेले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् ।