२०८१ जेठ ७ , सोमवार

ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक, चार सय ९८ जना अनुत्तिर्ण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ईपीएस अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक गरेको हो ।

दोस्रो चरणको लागि छनोट भएका छ हजार ३२१ जनामध्ये पाँच हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणका लागि छनोट भएका ४९८ जना फेल भएका छन् । भने ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ ।

उनीहरूको स्वास्थ्य परीक्षण २०८१/०१/३१ गतेदेखि जेठ २ गतेसम्म विभिन्न चार वटा अस्पतालमा हुने ईपीएस शाखाले जनाएको छ । त्यसका लागि पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, नेपाल कोरिया मैत्री अस्पाल र निजामती अस्पतालमा स्वास्थ्य परीक्षण हुनेछ ।