२०८१ जेठ ७ , सोमवार

आज देखी हलमा लागे ‘द खजुरे ब्रो’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शुक्रबार हलमा नेपाली भाषाको ‘द खजुरे ब्रो’रिलिज भएका छन् ।‘खजुरे ब्रो’लाई सुरज सुनुवारले निर्देशन गरेका हुन् । यसको रनटाइम १३७ मिनेट छ ।

कमेडी ड्रामा जनराको यो फिल्ममा रियर राई, महेश त्रिपाठी, नवीन मानन्धर, नीति शाह, प्रेम सुब्बाको शीर्ष भूमिका छ ।खजुरे र चिल्लीले सहरको भरोसा सहकारीबाट रकम लुटेपछि अप्रत्याशित घटनाक्रम आउँछन् । यी घटनाले फिल्ममा नयाँ कथानक घुम्ती ल्याउँछ । यो फिल्मबाट शाहले अभिनय करिअर थालेकी छन् ।

अहिले पनि नेपाली हलमा बोक्सीको घर, मनसरा, महजात्रा लगायतका फिल्म प्रदर्शनरत छन् ।