२०८१ जेठ ७ , सोमवार

मिशुस्टिनलाई रुसी प्रधानमन्त्रीमा पुनः नियुक्त गर्ने पुटिनको प्रस्ताव

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिशुस्टिनलाई पुनः रुसको प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको तल्लो सदन स्टेट ड्युमामा प्रस्ताव गर्नुभएको छ ।

प्रधानमन्त्री पदका लागि राष्ट्रपति पुटिनले अघि सार्नु भएका उम्मेदवारलाई राज्य डुमाको शुक्रबारको बैठकले अनुमोदन गर्ने राज्य डुमाका सभामुख व्याचेस्लाभ भोलोदिनलाई बताउनु भएको छ ।

मङ्गलबार क्रेमलिनमा पुटिनले रुसी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेपछि मिशुस्टिनले कानुन बमोजिम रुसी मन्त्रिपरिषदको प्रमुखबाट राजीनामा दिनुभएको थियो ।   रासस/सिन्ह्वा