२०८१ जेठ ७ , सोमवार

शिक्षक महासङ्घको अध्यक्षमा सुवेदी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व घोषणा भएको छ । सुवेदी यसअघि महासङ्घको महासचिव हुनुहुन्थ्यो ।

यही वैशाख १० गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि नयाँ नेतृत्व घोषणामा विलम्ब भएको थियो । महासङ्घको एक मुख्य समूह नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले महाधिवेशनमा भाग नलिएपछि विवाद भएको हो ।

विधानविपरीत एक पक्षीय ढङ्गले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले भाग लिएको थिएन । सहमति जुट्न नसकेपछि सङ्गठनको कोटामा महासचिवलगायत ११ पद खाली राखेर महासङ्घको नेतृत्व चयन गरिएको र सङ्गठनलाई सहमतिमा ल्याउन वार्ता समिति गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नवनियुक्त शिक्षक, प्राविधिक समूहका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले बताउनुभयो । रासस