२०८१ जेठ ७ , सोमवार

काँग्रेस संसदीय दलको बैठकः रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो ।