२०८१ जेठ ७ , सोमवार

५.६३ अंकले बढ्यो नेप्से,३ अर्ब १२ करोडको कारोबार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ५.६३ अंक (०.२८ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९६६ अंकमा कायम भएको छ ।

११५ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १४ को स्थिर रह्यो । कुल ३ अर्ब १२ करोडको कारोबार भयो । नेप्से परिसूचक झिनो अंकमा वृद्धि हुँदा पनि होटल तथा पर्यटन समूह भने ३४२ अंक (६.९६ प्रतिशत) बढेको छ ।

यो समूहले नै बिहीबार समग्र बजार हरियो रहन बल पुग्यो ।पर्यटकको संख्यामा सुधार आएसँगै होटलहरुको नाफा राम्रो देखिएको छ । होटलहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण राम्रो निकाल्ने अपेक्षा लगानीकर्तामा बढ्दा यो समूहमा उच्च वृद्धि देखिएको हो ।

होटल समूहका अलवा बैंकिङ ४, विकास बैंक ३२, फाइनान्स १४, हाइड्रोपावर ४ र निर्जीवन बीमा समूह १६ अंक बढे । जीवन बीमा ४३, उत्पादन ७ र माइक्रोफाइनान्स समूह ३८ अंक घटे ।