२०८१ जेठ ७ , सोमवार

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् ।एमाले र माओवादी केन्द्रका ५२ सांसदकाे समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुखले संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत भयाे । सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घाेषणा गरे । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको शपथ बिहीबार अपराह्न ५ बजे हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले कार्कीको शपथ ५ बजेका लागि तय गरेको हो ।