२०८१ जेठ ७ , सोमवार

‘सिकन्दर’ मा सलमान खानको अपोजिटमा देखिँदै रश्मिका मन्दाना

salman and rashimika

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता सलमान खानले नयाँ फिल्म ‘सिकन्दर’ घोषणा गरेका छन् । बिहीबार इदको अवसर पारेर उनले फिल्म घोषणा गरेका हुन् । फिल्मको पोस्टर शेयर गर्दै सलमानले भनेका छन्, ‘यो इदमा ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ हेर्नुहोस् । आउँदो इदमा ‘सिकन्दर’बाट भेट हुनेछ ।’फिल्मको मुख्य अभिनेत्रीमा रश्मिका मन्दानालाई कास्ट गरिएको छ ।

बलिउडका दबंग सलमानसँग रश्मिकाको यो पहिलो फिल्म हुनेछ । निर्माताले इन्स्टाग्राममा एक पोस्टर सेयर गर्दै रश्मिकालाई स्वागत गरेका छन् ।हालैको ब्लकबस्टर ‘एनिमल’को सफलतापछि रश्मिका ‘सिकन्दर’मा दर्शकको मन जित्न तयार छिन् ।

सलमान र रश्मिकाको जोडी तयार भएपछि यसले दर्शकमा उत्साह पैदा गरेको छ । यो फिल्म सन् २०२५ को इदमा प्रदर्शन हुने जनाइएको छ । एआर मुरुगाडोस निर्देशित र साजिद नाडियाडवालाले निर्माण गर्ने यो फिल्मलाई लिएर यतिबेला पर्खाइ छ ।