२०८१ जेठ ७ , सोमवार

‘हीरामण्डी’बन्यो नेटफ्लिक्समा सबैभन्दा बढी हेरिने भारतीय वेब–सिरिज

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘हीरामण्डी’ नेटफ्लिक्समा सबैभन्दा बढी हेरिने भारतीय वेब–सिरिज बनेको छ । मे १ मा स्ट्रिमिङ भएको यो सिरिजले सार्वजनिक भएको केही सातामै यो रेकर्ड रचेको हो ।

भव्य दृश्य र कथाको कारण संसारभर चर्चा पाइरहेको यो सिरिज ४३ मुलुकमा धेरै हेरिने १० उत्कृष्टमध्ये परेको छ । गैरअंग्रेजी भाषाको सूचीतर्फ यो सिरिज दोस्रो स्थानमा छ ।‘हीरामण्डी’लाई ४.५ मिलियन पटक हेरिएको छ भने दर्शकले यो सिरिज हेर्न ३३ मिलियन भ्युअर्ससिप घण्टा खर्चिएका छन् ।

आठ एपिसोडको यो सिरिज भन्सालीको ओटीटी डेब्यु समेत हो । मनिषा कोइराला लगायतको शीर्ष भूमिका रहेको हीरामण्डीले सन् १९२० र १९४० को दशकको लाहोरको कथा भन्छ, जहाँ ब्रिटिस उपनिवेशविरुद्ध संघर्ष गरेका थिए ।