२०८१ जेठ ७ , सोमवार

प्रतितोला आठ सय रूपैयाँ घट्यो सुनको भाउ

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार चाँदी प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।