२०८१ जेठ ७ , सोमवार

“भन्सार तथा राजस्व छली गर्ने व्यक्तिहरु पक्राउ”

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

मिति २०८१/०१/२४ गते अबैध रुपमा चाईनिज मुद्राहरु समेत नेपाल भित्र्याई भन्सार तथा राजस्व छलि गरेको भन्ने गोप्य सूचनाको आधारमा यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं जिल्ला का.म.पा. वडा नं.१७ क्षेत्रपाटी स्थितमा रहेको JIANG SU HOTEL AND RESTURANT PVT LTDमा चाईनिज नागरिकYAO LIANGLINक्ष्ल्लाई फेला पारी उक्त होटलबाट नेपाली रु.३७,८१,३५०/- (अक्षरुपी सैतिस लाख एकासी हजार तीन सय

पचास), भारतिय रु.१२,०००/- (बाह्र हजार), थाई भाट २०००/-(दुई हजार), अमेरिकी डलर ५३० (पाच सय तीस), युरो ३००/- (तीन सय), चाईनिज युआन ३२०७०/- (बतिस हजार सत्तरी), मोबाइलहरु थान २,YAO LIANGLINक्ष्ल्को चाईनिज राहदानी थान १, १३९२३७४२४ नं.को स्थाई लेखा परिचय पत्र थान-१, हरियो रंगको ब्द्ध उबउभच ब्याग थान-१, म्भदष्तर ब्त्ः ऋबचम थान-६, खैरो रंगको छालाको जस्तो देखिने ब्याग थान-१ र चाईनिज अक्षर समेत लेखिएको

बैजनी रंगको कपडाको सुटकेश थान-१ र काठमाडौं जिल्ला का.म.पा. वडा नं. २६ ठमेल स्थित Hotel Chengdu Pvt. Ltdमा दिपेन्द्र श्रेष्ठलाई फेला पारी निजको साथबाट नेपाली रुपैयाँ रु ९,००,०००/-(नौ लाख) समेत बरामद गरी ल्याई थप अनुसन्धान तथा कारबाहीको लागी राजस्व अनुसन्धान बिभाग, हरिहरभवन, ललितपुरमा पठाईएको ब्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।

पक्राउ परेका मानिसहरु
१) काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं।२६ क्षेत्रपाटी स्थितमा भएको JIANG SU HOTEL AND RESTURANT PVT LTDका संचालक राहदानी नं.EJ7492125बाहक बर्ष ४५ को चाईनिज नागरिकYAO LIANGLIN ।

२) महोत्तरी जिल्ला, गौशाला न.पा. वडा नं. २ घर भई हाल भक्तपुर जिल्ला, चागुनारायण न.पा. वडा नं. १ बस्ने बर्ष ३७ को दिपेन्द्र श्रेष्ठ।