२०८१ जेठ ७ , सोमवार

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८,मोरङ्ग स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि(NCMHPL)ले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान,न्यूरो सर्जरी,न्यूरोआईसियू,अर्थोप्याडिक सर्जरी,एमआरआई,प्रसुति तथा स्त्री रोग,क्याथ प्रयोगशाला,ल्याप्रोस्कोपिक सर्जरी,न्यूरो नेभिगेसनस्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ।

एक समारोहका बिच न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि (NCMHPL)का संचालन निर्देशक राजेश भट्टराईर प्रभु बैंक लि.गोल्छा चोक,शाखा प्रमूख प्रशान्त कुमार emf(BM)ले समझदारी ज्ञापनपत्र(MOU)मा हस्ताक्षर गरे ।छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणाली द्घारा न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवाप्रदायक न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिले निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवाप्रदान गर्दै आइरहेको छ र आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।

स्वास्थ्य प्रति जागरुक नागरिकहरुका लागि न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा शेयर होल्डरलाई १०∞ र प्रभु बैंकका कर्मचारीहरुलाई १५∞ सम्मको छुट व्यवस्था रहेको बैंकले जनाए ।