२०८१ जेठ ६ , आइतवार

नेप्से परिसूचक स्थिर, कारोबार रकम भने बढ्यो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार सेयर बजार १ अंकमुनि घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.२१ अंक घटेको छ ।मंगलबार १९६०.८१ विन्दुमा बन्द भएको सेयर बजार बुधबार पनि १९६०.६० विन्दुमा बन्द भएको छ।

बुधबारको बजारमा दुई अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रूपैयाँको सेयर कारोबार भएको छ।गत कारोबार दिन अर्थात् मंगलबार दुई अर्ब १४ करोड पाँच लाख दुई हजार ६२१ रूपैयाँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४० करोड रूपैयाँ वृद्धि भएको हो।

फाइनान्स र माइक्रोफाइनान्स समूहमा उच्च वृद्धि देखिएको छ । फाइनान्स समूह ३.११ प्रतिशत बढ्यो भने माइक्रोफाइनान्स समूह २.७६ प्रतिशत बढ्यो । यीबाहेक ब्यापार ०.१५ तथा हाइड्रोपावर समूह ०.०२ प्रतिशत बढे ।

\उत्पादन समूह १.०९, अन्य १.१५, निर्जीवन बीमा ०.१९, जीवन बीमा ०.३८, लगानी ०.४८, होटल तथा पर्यटन ०.४९, विकास बैंक ०.१७ र बैंकिङ समूह ०.२५ प्रतिशत घटे ।