२०८१ जेठ ६ , आइतवार

भारतीय ग्राहकले सानिमा बैंककोFonepayQRमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ ।

यस सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे,भीम एप र UPI मार्फत फोनपे नेटवर्क अन्तर्गतकाQR Codeस्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने बैंकले जनाए ।

यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले विश्वास लिएको छ ।