२०८१ जेठ ६ , आइतवार

अभिनेता सलोन बस्नेत र पत्नी करिश्मालाई पुत्रीलाभ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता सलोन बस्नेत र पत्नी करिश्माले सन्तान लाभ गरेका छन् । बुधबार बिहान मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिइन् ।

अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको सलोनका बुवा तथा निर्देशक शोभित बस्नेतले जानकारी दिए । ‘हामी अत्यन्त खुशि छौं ।

आमाको मुख हेर्ने दिनमा नातिनीको जन्म भयो’ शोभितले भने ।भोलिसम्म करिश्मालाई डिस्चार्ज गर्ने तयारी छ । गतवर्षको मंसिर १२ गते सलोन र करिश्माको विवाह भएको थियो ।