२०८१ जेठ ६ , आइतवार

आज सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।