२०८१ जेठ ६ , आइतवार

माछापुछ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन–७ च्याम्पियन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

माछापुछ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुछ्रे बैंकले उपाधि उचालेको हो ।

एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुछ्रे पहिलो पटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो । आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुछ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । माछापुछ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।

आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखि बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउदै आएको बताए ।