२०८१ जेठ ६ , आइतवार

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो अब टाटा गाडीको संचालन खर्चमा ३०% को बचत

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्राहकवर्गहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मुल्य समायोजन गरेको छ । अब सिप्रदीेका सम्पूर्ण सर्भिस सेन्टरहरुमा ग्राहक वर्गहरुले पहिलेको दाँजोमा कम मूल्यमा टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएका छन्।

सिप्रदीको ग्राहकमुखि अवधारण अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहक वर्गहरुले सिप्रदीका वर्कशपहरुमा अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेक जाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिङ्ग तथा मर्मत कार्यको फाइदा उठाउन सक्नेछन्। यस मुल्य समायोजन पश्चात ग्राहकवर्गले आफ्नो गाडीको संचालन खर्चमा ३०% को बचत प्राप्त गर्न सक्नेछन् ।

मिति२०८१ बैशाख २३ गते बाटनै सम्पूर्ण सर्भिस सेन्टरहरुमा नयाँ मूल्य लागू भएको छ ।साथै सिप्रदीेका सम्पूर्ण सर्भिस सेन्टरहरुमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिनावा ५०,००० कि.मि. सम्मको वारेन्टी सुविधा पनि कम्पनिले प्रदान् गर्दे आइरहेको छ ।
अन्यसेवाहरु तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्रीनम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।